काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन सुरु

mountain

काठमाडौं, १५ भदौ । बिहिबारबाट काठमाडौंमा ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ सुरु भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित विहिबारबाट त्रिदिवसीय अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन सुरु भएको हो ।

 

सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु धर्म र सस्कृतिका विद्धानहरुले नेपाल धर्म र संस्कृतिको केन्द्र भूमि भएको र रहिरहने धारणा राखेका छन ।

 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले नेपाल विश्वकै धर्म र संस्कृतिको नमूना देश रहेको उल्लेख गरे । उनले हिन्दु धर्म सबैको धर्म भएकाले यसको विलय हुन्छ कि भन्ने चिन्ता नगर्न पनि सबैमा आग्रह गरे ।

 

सम्मेलनमा भारत, जापान, पाकिस्तान, थाईल्याण्ड लगायतका ११ देशका प्रतिनिधिहरु सहभागी भएका छन् । नेपाललाई वैदिक सनातनीहरुको अन्तराष्ट्रिय केन्द्र बनाउने गरी विविध विषयमा छलफल गर्न अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको सनातन संस्कृति समाज, नेपालका संयोजक हरिबोल भट्टराईले जानकारी दिए ।

 

अन्तराष्ट्रिय सम्मेलनमा ‘विश्व तापमान वृद्धि-मौसम परिवर्तनमा वैदिक सनातन धर्ममा समस्या समाधानका उपायहरु’को विषयमा पनि छलफल हुने बताइएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);