विश्व हिन्दु महासंघको महाधिवेशन बुटवलमा सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

विश्व हिन्दु महासंघको महाधिवेशन बुटवलमा सुरु

बुटवल,२२ चैत्र । विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय केन्द्रीय महासभा तथा आठौं महाधिवेशन बुटललमा शुरु भएको छ । बुटवलको हाटबजार लाईनबाट विभिन्न धार्मिक समुहरुको सहभागीतमा भव्य सद्भाव ¥याली सहित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रामनगरमा गएर सभामा परिणात भएको थियो । कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व उप–प्रधानमन्त्री राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले सकेसदनबाटै नसके सडकबाट भएपनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उद्घोष समेत गरे ।

विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै उनले जनताले विश्वास गरे दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दृढता ब्यक्त गरे । राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उनले राजनीतिकबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने विश्वास दिए ।
राप्रपाका अध्यक्ष समेत रहेका लिङदेनले विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्दैमा नहुने बताउँदै राप्रपालाई साथ दिएर अघि बढ्नको लागि आग्रह गरे । ‘धर्मनिरपेक्षता राज्य बनाउने प्रस्तावक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन्छ त रु हुदैन भने सबै पार्टी भन्दा माथि उठेर एकपटक नेपाललाइ हिन्दुराष्ट्र बनाउन सबै एकठाउँमा आउनुस् । ’ उनको भनाई छ । नेपाललाइ हिन्दु राष्ट्र बनाएपछि बरु हामी कांग्रेस एमाले माओवादी जे जे बन्ने हो बनौँला अहिलेलाइ सबै एक ठाँउमा आउँ र देशका लागि लडौँ । ’उनले भने ।

धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम नहुने भन्दै हिन्दुराष्ट्रको ओकालत गर्ने एक मात्र पार्टी राप्रपालाई साथ दिन उनले आग्रह गरे ।
चैत्र २१ र २२ गते दुई दिनसम्म चल्ने महाधिवेशनमा देवघाट धामका संरक्षक एवं सन्त समाजका अध्यक्ष १०८ स्वामी ज्ञानानन्द सरस्वतीले हिन्दु राष्ट्र बनाउन सबै जुट्नुपर्ने उल्लेख गरे । उनले सनातन हिन्दुधर्मको रक्षा र राष्ट्रको रक्षा नै धर्म भएको उल्लेख गरे ।

विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराज्य कायम गर्नु नै महासंघको मुख्य उद्देश्य रहेको बताए । राष्ट्रको रक्षाको लागि नेपाललाई हिन्दुराज्य कायम , वेद शिक्षालाई पाठ्यक्रममा समावेश,आयुर्वेद शिक्षामा जोड र भ्रष्ट्राचार रोक्नको लागि महासंघ लागि परेको उनको भनाई छ । केन्द्रीय वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले विश्व ओमकार एकता महाअभियानमा संगठित हुँदै जागरण अभियान सञ्चालन गर्नको लागि महासभाको आवश्यकता रहेको बताए ।

सो अबसरमा पुर्वमन्त्री धर्वबहादुर प्रधान, पुर्वमन्त्री दिपकुमार उपाध्याय, पुर्वसांसद शंकरप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, धर्म गुरु व्यासाचार्य श्री किशोर गौतम, डा। दिपकप्रसाद बाँस्कोटा, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ ,अरुणकुमार श्रेष्ठ लगायतले बोल्दै नेपाललाइ हिन्दुराष्ट्र बनाउनु नै उद्धेश्य रहेको उल्लेख गरेका थिए । ७७ जिल्लमका १ हजार ५ सय भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ भने घोषणापत्र समेत जारी गर्नेछ ।

Leave a Reply