फागुन देखि हिन्दु राज्य अभियान सुरु गर्ने राप्रपा अध्यक्ष थापाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन देखि हिन्दु राज्य अभियान सुरु गर्ने राप्रपा अध्यक्ष थापाको घोषणा

kamal thapa

काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी फाल्गनु ७ गते देखि हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

पार्टी काममा जनकपुर पुगेका अध्यक्ष थापाले हिन्दु राष्ट्र पुर्नस्थापनाको अभियान गाउँगाउँबाट शुरुभई राजधानी केन्द्रीत हुने बताए । बहुसंख्यक जनताको आस्थालाई चुनौति दिदै नेपालमा लागू गरिएको धर्म निरपेक्षताले शान्ति नआउने दावी समेत गरे ।

अध्यक्ष थापाले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिए पनि उसका गतिविधि इशाईकरणमार्फत देशलाई द्वन्द्वमा धकेल्ने खालको भएको टिप्पणी गरे ।

उनले सरकार नैं इसाई धर्मप्रचारमा लाग्नु आपत्तिजनक भएको बताए । २०६२/०६३ को जनआन्दोलनमा धर्म निरपेक्षताको कुरै नउठेको भन्दै विदेशीकै इशारामा नेपालमा धर्मनिरपेक्षता लागु गरिएको उनको दावी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);