विद्यालय तहमा चिनियाँ भाषा समावेश गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विद्यालय तहमा चिनियाँ भाषा समावेश गर्ने सरकारको तयारी

girirajmani pokhrel

काठमाडौं, २० मंसिर । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु सक्षम हुने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा गरे । उनले राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दावी समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);