डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै, निमोनियाको खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डडेल्धुरा, २१ कात्तिक ।   चिकित्सा शिक्षाको सुधारका लागि ७ बुँदे माग राखेर डडेल्धुरामा १७ औँ पटक अनसन शुरु गर्नु भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । कार्तिक १८ गतेबाट १७ औँ अनसन शुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सकहरुको भनाई छ ।

चिकित्सकका अनुसार डडेल्धुराको बढ्दो चिसोले डाक्टर केसीलाई निमोनियाको खतरा बढेको छ । कार्तिक १८ गतेबाट आफ्नो १७ औँ अनसन शुरु गर्नु भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुन थालेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगेर १७ औँ अनसन शुरु गर्नु भएका डाक्टर केसीको रक्तचापमा उतार चढाव तथा चिसोबाट हुने स्वास्थ्य समस्याहरु देखिन थालेको चिकित्सकको भनाई छ । डडेल्धुराको बढ्दो चिसोले डाक्टर केसीलाई निमोनियाको खतरा भएको चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

१७ औँ पटकको अनसनका लागि डाक्टर केसी डडेल्धुरा अस्पतालबाट १ सय मिटर पर बस्नु भएको छ । उहाँले अहिले ७ बुँदे माग अघि सार्नु भएको छ । विश्वविद्यालय तथा प्रतिष्ठानमा मापदण्डका आधारमा नभई दलीय र नेतागत भागबन्डाका आधारमा नियुक्ति गरिएकोमा डाक्टर केसीको विरोध छ ।

डडेल्धुरा अस्पतालबाट १ सय मिटरको दुरीमा रहेको निर्मल मेडिकल हलको माथिल्लो तलामा डाक्टर केसी अनसनरत हुनु हुन्छ ।डडेल्धुराका स्थानीयहरुले पनि उहाँको अनसनलाई सकरात्मक रुपमा लिएका छन् । उहाँले अहिले ७ वटा प्रमुख माग राखेर अनशन गर्नु भएको छ । केही दिन सरकारको प्रतिक्रिया हेरेर माग थपघट हुने डा.केसीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);