पोषणयुक्त खाद्य सम्बन्धि अन्तराष्ट्रिय गोष्ठी सुुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोषणयुक्त खाद्य सम्बन्धि अन्तराष्ट्रिय गोष्ठी सुुरु

posanyukta khana meeting

काठमाडौं, २१ कात्तिक । सरकारले ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सरकार एक्लैको प्रयासमा सफल नहुने भएकाले यसमा सहकारी, निजी क्षेत्र तथा अन्तराष्ट्रिय सहयोगी संस्थाहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको पोषणयुक्त खाद्यसम्बन्धि अन्तराष्ट्रिय गोष्ठीमा उहाँले नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी गरिवी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष जोड दिएको पनि बताउनु भयो । २ दिने सो अन्तराष्ट्रिय गोष्ठीमा भारत, नेदरल्याण्ड, भियतनाम, बंगलादेश, भुटानलगायतका देशहरुका कृषि विज्ञहरु सहभागी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);