साढे २ महिनापछि ओली-नेपालको चार घण्टा छलफल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

साढे २ महिनापछि ओली-नेपालको चार घण्टा छलफल

oli nepal

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो। प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए। उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा उनीहरुबीच पछिल्लो समय आफूहरुका बीचमा बढेको तिक्तता र उक्त तीतोपन हटाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधान गर्दै, एकीकरणको सबै काम सक्नुपर्ने बताएका नेपालको भनाई उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए। ‘तपाईंलाई के के विषयमा चित्त बुझेको छैन छलफल गर्दै जाउँला, पार्टीमा तपाईंप्रति अलिकति अन्याय भयो कि भन्ने मलाई अनुभूति भएको छ’ ओलीले नेपालसँग भने।

नेता नेपालले पनि आफूले व्यक्ति भन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए। ‘मैले पार्टी बाहेक अरु केही सोचेको छैन, जति पनि असहमति राखेको छु, पार्टीकै हितका लागि हो,’ नेपालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले कान्तिपुरसँग भने, ‘व्यक्तिमा भन्दा पनि मेरो जोड पद्धतिमा थियो, नेतृत्वका हिसाबले त्यसमा तपाईंको भूमिका हुनुपर्थ्यो तर त्यसो हुन सकेन।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।