आठ महिना पछि प्रधानमन्त्रीको कार्यलयमा माधव नेपाल सहितका नेताहरुको लावा लस्कर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

आठ महिना पछि प्रधानमन्त्रीको कार्यलयमा माधव नेपाल सहितका नेताहरुको लावा लस्कर

oli nepal

काठमाडौँ। नेकपा एमालेका नेता माधव कुमार नेपालले बालुवाटार पनि जान्न् धुम्बाराही पनि जान्न् भन्ने अडान लिएका थिए ।पटक पटक बार्ताका लागि प्रधानमन्त्री ओलीले नेपाललाई नबोलाएका पनि हैनन् ।

तर कतिपय वार्ता कुन स्थानमा गर्ने भन्ने विवादहुँदा बिचैमा अलपत्र परेको थियो ।धुम्बाराही, बालुवाटार र सिंहदरबार वार्ता नगर्ने मादव नेपालको अडानका कारण अनत्यमा मेरिट होटलमा वार्ता गर्ने सहमति भयो । सो सहमति अनुसार बैशाख ८ गते उनिहरुबीच दुई घण्टा लामो छलफल भयो ।

दुई घण्टा लामो छलफलको उपलब्धि दुई नेताले होटलको झ्यालबाट धराहरा हेर्नु बाहेक केहि उपलब्धि हुन सकेन ।तर, बीचमा प्रधानमन्त्री केपी ओली र माधव कुमार नेपाल दुवै अप्ठेरोमा पर्दे गए । माधव नेपाल नयाँ पार्टी खोल्ने अवस्थामा पनि भएनन् र पार्टी विभाजनको हैसियतमा पनि रहेनन् । प्रधानमत्री ओली सामु सरकार टिकाउनका लागि एक ढिक्का एमालेको विकःल्प पनि रहेन ।

दुवै नेताहरुले आ आफ्नो पक्षमा देखिएका चुनौतीका कारण छलफल गर्नुको बिकल्प पनि देखेनन्। यसैको परिनाम थियो बिहीबारको नेपाल ओली बार्ताको सहमति । तर बिहीबारकोवार्तास्थल पनि प्रधानमन्त्री कार्यलय , बालुवाटार लगाएतका ठाउँ पुरै अस्विकार गरेका थिए । त्यसैले खोजियो चपली हाइटमा एक निजी घर । उक्त घरमा बसेको नेपाल ओली चार धन्टा लामो वार्ताले पेरिसडाँडाबाट विदा भएका धुम्बाराहीको ढोकाबाट भित्र नछिरेका माधव नेपाललाई शुक्रबार साँझ सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलय भित्र डोर्यायो।

यो साँझ माधव नेपाल मात्र हैन नेपाल पक्षका झन्डै आधा दर्जन नेताहरु प्रधानमन्त्री कार्यलय प्रबेश गरे । यस्ले के देखाउँछ भने कात्तिक २५ देखि बन्द भएको नेपाल ओली संवादले सार्थकता पाएको देखिन्छ । नेपाल ओलीको बिहिबारको सहमति हिन्दी फिल्म चित्रपटको प्रेम कहाँनीको गित “प्रेम कहानी में, एक लड़का होता है, एक लड़की होती है ” भन्ने गाना संग मेल खान पुगेको छ । ।आठ महिना सम्म प्रधानमन्त्री कार्यलय र पार्टी कार्यलय धुम्बाराही नदेखेका नेपाल पक्षले अव निरन्तर यीनै कार्यलयहरुमा वार्ता गर्ने छन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);