अध्यक्ष ओली र सचिव भट्टराईबीच भेटवार्ता, पार्टी जोगाउन योगेशको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अध्यक्ष ओली र सचिव भट्टराईबीच भेटवार्ता, पार्टी जोगाउन योगेशको आग्रह

काठमाडौं । एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र सचिव योगेश भट्टराईवीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दई जनावीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीले भट्टराईसहित २७ प्रतिनिधि सभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्टै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । करिव एक घण्टा लामो भेटवार्तामा पार्टीलाई कसरी एकरुपता दिन सकिन्छ भन्नेबारेमा अध्यक्ष ओली र सचिव भट्टराईवीच छलफल भएको बताइएको छ ।

भट्टराईसहित माधव नेपाल पक्षले मंगलबार भेला गरेर ओलीले सोधेको स्पष्टीकरणको जवाफ फर्काउने निर्णय सार्वजनिक गरेका थिए । व्यक्तिगत रुपमा सोधिएको स्पष्टीकरणको जवाफ पनि व्यक्तिगत रुपमै फर्काउने तयारी नेपाल पक्षको रहेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा भट्टराई पर्यटनमन्त्रीको जिम्मेवारीमा थिए ।

ओलीको संसद विगठन पछि उनले अन्य मन्त्रीहरुसंगै पदबाट सामूहकि राजीनाम दिएका थिए । पदबाट राजीनाम दिएर बाहिरेसंगै भट्टराईल ओलील चालेका चालेको कदमलाई बैगुनी संज्ञा दिएका थिए । उनि नेपाल पक्षका नेता भएपनि ओलीका कदमप्रति पछिल्लो समय भट्टराई निकै मौन र पार्टीलाई एकरुपता दिनुपर्नेमा सकरात्मक जस्तो देखिएका छन ।

तर्सथ उनलाई केहि नेताहरुले ओलीतिर नजिकिएको हो कि जस्तो नेपाल समूहका नेताहरुले नै आशंका पनि गर्न थालेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);