कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव नियुक्त

nepali congress

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता महादेव यादवलाई नियुक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त गर्ने निर्णय गरेको कांगे्रसले जनाएको छ ।

यादव १४ औं महाधिवेशनको निर्वाचन समितिमा संयोजक बनेका छन् ।

यसअघि संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । अधिकारीले गत चैत २१ गते राजीनामा दिएका थिए ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियोे । कांग्रेस पदाधिकारी बैठक वैशाख १२ गते पनि बस्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);