काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को आठवटै जिल्लामा संयोजक तथा दुई जिल्लाको सह–इन्चार्ज तोकेको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारीको बैठकले प्रदेश नम्बर २मा रहेको आठवटै जिल्लाको संयोजकको नाम तोकेको हो ।
बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी सचिव इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहले जनाकारी दिए ।
त्यसैगरी सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई तोकेको छ भने धनुषाको संयोजकत्वमा झल्कु यादवलाई तोकेको छ । अरु जिल्लाको हकमा भने आवश्यकता अनुसार मात्र तोकिने प्रदेश २ का सह इन्चार्ज साहले जानकारी दिए ।






