सत्तापक्षबाटै बजेट प्रकरण छानबिन गर्न गठित समितिको संयोजकमा दावी भए पछि संयोजक चयनहुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सत्तापक्षबाटै बजेट प्रकरण छानबिन गर्न गठित समितिको संयोजकमा दावी भए पछि संयोजक चयनहुन सकेन

काठमाडौं । बजेटमा बिचौलीया लाई प्रवेश गराएर करको दर हेरफेर्न सफल भएका अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न गठित संसदीय विशेष समितिको संयोजकमा सक्ता पक्षबाट पनि दावी भए पछि मंगलबार बसेको समितिको पहिलो बैठक संयोजक चयन नभई किन सकिएको छ । समितिको संयोजकमा सक्तापक्ष र प्रतिपक्ष दुवैको दावी परेपछि संयोजक चयन हुन नसकेको हो ।

मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि भने पारित गरेको छ । बेठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको थियो। बैठकमा समितीको संयोजक चयनको पहल भए पनि संयोजक चुन्न नसकेको बैठकमा सहभागी एक सदस्यले जनाकारी दिए । उनका अनुसार बैठक फेरी भोलि बुधबार दिउँसो साढे २ बजे बस्ने बस्नेछ ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालय भित्र बिचौलियालाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको छ । शर्मा माथि सांसदमा एमाललेले छानविन हुनु पर्ने माग राख्दै आएको थियो । चौतर्फि रुपमा अर्थमन्त्री शर्माले राजिनामा दिनु पर्ने र छानविन हुनु पर्ने आवाज उठेपछि मात्र अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । शर्मा माथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति २२ गते नै गठन गरिएको थियो । समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);