यी पाँच सांसदले अझै दिएनन् स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यी पाँच सांसदले अझै दिएनन् स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ अझै पाँच सांसदले दिएका छैनन् । शुक्रबार बालुवाटरमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले अझै पाँच सांसदहरुले स्पष्टीकरण नदिएको जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीका अनुसार पूर्वमन्त्रीसमेत रहेका योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण दिएका छैनन् ।

एमालेले केही दिन अघि माधवकुमार नेपाल सहित २७ सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो । जसमध्ये अधिकांसले सफ्ट स्पष्टीकरण दिएको बताइएको छ । त्यसैगरी गणेश पहाडी र हिरा केसीले भने मुलधारमा फर्किने प्रतिवद्धता जनाएको पनि बैठकमा जानकारी गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);