कर्णाली प्रदेशका चार एमाले सांसदलाई निष्काशन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्णाली प्रदेशका चार एमाले सांसदलाई निष्काशन गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही रहेका छन ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);