नेपाल पक्ष 'आउट' गर्दै एमालेले बनायो ओली पक्षको स्थायी कमिटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाल पक्ष ‘आउट’ गर्दै एमालेले बनायो ओली पक्षको स्थायी कमिटी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई अलग गरेर स्थायी कमिटी घोषणा गरिएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल र खनाल पक्षलाई अलग बनाएर स्थाई कमिटी घोषणा गरेको हो ।

बैठकमा सहभागी ओली पक्षका एक नेताले बताएअनुसार केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ’बादल’ र विष्णु पौडेललाई स्थायी कमिटीमा राखिएको छ।

त्यसैगरी, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा समेटिएको बताइएको छ । यसे गरी बाँकी नेताहरु पछि थप गर्दे लैजानेबारेमा समेत छलफल भएको ती नेताले बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);