गणपुरक संख्या नपुगेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गणपुरक संख्या नपुगेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं, १३ साउन । गणपुरक संख्या,कोरम नपुगेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक मंगलबार कोरम नपुग्दा स्थगित भएको हो ।

धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएका र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समितिकी सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ । कोरम संख्या नपुगेर अहीलेसम्म बैठक स्थगित नभएपनि पहिलो पटक यस्तो भएको सभापति खरेलले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);