कोरम नपुगेपछि विकास समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोरम नपुगेपछि विकास समितिको बैठक स्थगित

काठमाडौं, ४ मंसिर । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बिहान सिंहदरबारमा ११ बजेका लागि बोलाइएको बैठक आवश्यक संख्यामा समितिका सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक स्थगित गर्नु परेको समितीकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

५१ प्रतिशत सदस्य उपस्थिति नभएसम्म समितिको बैठक बस्न नसक्ने समितिको कार्यविधिमा उल्लेख गरिएको छ । सभापति खड्काले सांसदहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्लामा गएको र भर्खरै दसैं, तिहार जस्ता चाडपर्व पनि सकिएकाले सांसदहरुको उपस्थितिमा कमी हुन आएको बताइन् ।

समितिको आज बोलाइएको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको प्रगतिविवरणबारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर सदस्यहरुको आवश्यक संख्या नपुगेपछि समितिको बैठक स्थगित गरिएको छ । समितिको अर्को बैठक सूचना जारी गरेर बोलाइने पनि समितिकी सभापति खड्काले बताइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);