बार्सिलोनाका अध्यक्ष बारटोमेउसद्वारा पदबाट राजिनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बार्सिलोनाका अध्यक्ष बारटोमेउसद्वारा पदबाट राजिनामा


एजेन्सी, १२ कार्तिक । स्पेनी फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर संकलन गरेर राजीनामा मागेपछि बारटोमेउसले पद छाडेका हुन् ।

राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन्थ्यो । तर जाँदाजाँदै उनले बार्सिलोनाले युरोपियन सुपर लिगको प्रस्ताव स्वीकार गरेको खुलासा गरेका छन् । बार्टोमेउ सन् २०१४ देखि क्लबको अध्यक्ष थिए ।

सान्ड्रो रोसलले राजीनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका उनी २०१५ मा अध्यक्ष चुनिएका थिए । उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।

लियोनल मेसीको अर्को क्लब जाने माग तथा युरोपीयन च्याम्पियन्स लिग फुटबलमा र बायर्न म्युनिकसँगको ८–२ गोल अन्तरको हारपछि अध्यक्ष बारटोमेउस चर्को दबाबमा थिए । मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको आर्थिक अवस्था पनि पछिल्लो समय कमजोर रहेको छ । सन् २०१४ मा उनी अध्यक्ष बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);