क्यानको आर्थिक नियमावली परिमार्जनको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

क्यानको आर्थिक नियमावली परिमार्जनको काम अन्तिम चरणमा

CAN nepal

काठमाडौं, २ वैशाख । नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितीले आर्थिक नियमावली परिमार्जनको काम अन्तिम चरणमा पुर्याएको छ । १९ बर्षदेखि एउटै आर्थिक नियमावलीमा चल्दै आएको क्यानले केहि परिवर्तन गरेर नयाँ बनाउने तयारी गरेको हो ।

जसमा सबै पक्षहरुलाई समावेश गरेर परिमार्जन गरिने भएको छ । क्यानका पदाधिकारीले पुरानो आर्थिक नियमावलीमा बसेर काम गर्न कठिन रहेको भन्दै परिमार्जन गर्ने तयारी गरेको बताइएको छ । जसमा खेलाडीको सम्झौता, तलव, कर्मचारीको संख्या, उनीहरुको तलव भक्ता, पेश्की र भत्ताका बारेमा स्पष्ट नियम राख्ने तयारी गरिएको छ । यसअघिको आर्थिक नियममा क्यानका कुनैपनि पदाधिकारीले पेश्की लिएमा त्यसलाई फच्र्युट गर्ने कामको निश्चित समय तोकिएको थिएन ।

नयाँ आर्थिक नियमावलीमा कुनैपनि ब्यक्तिले लिएको पेश्की रकम तोकेको मितीमा क्लियर गर्नुपर्ने नियम राख्न लागिएको बुझिएको छ । यदि तोकेको मितीमा फच्र्युट गर्न सकेन भने उनीहरुले जरिवाना स्वरुप ब्याज तिर्नुपर्ने र थप कारवाहि पनि भोग्नुपर्ने नियम राख्न लागिएको छ । यसका साथै क्यानमा कति कर्मचारी राख्ने, कसरी उनीहरुको तलव दिने भन्ने विषयमा पनि सो नियमावलीमा तोकिन लागेको छ । अब बन्ने आर्थिक नियमावली क्रिकेट विकासमा सहयोग गर्ने खालको हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);