प्रिमियर लिगमा सिजन ब्रेक समय घटाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

प्रिमियर लिगमा सिजन ब्रेक समय घटाउने तयारी

fa logo

एजेन्सी, २ वैशाख । इङ्लिस प्रिमियर लिगमा जारी सिजन र नयाँ सिजनबीचको विश्राम समय घटाउने योजना बनेको छ । कोरोना भाइरसका कारण यस सिजन अन्त्य हुनेका आशंका भइरहेको बेला इङ्ल्यान्ड फुटबल एसोसिएसनले एफएले प्रिमियर लिगको जारी सिजन र नयाँ सिजनबीचको विश्राम समय घटाउने योजना अघि सारेको हो ।

एफ ए ले चालु सिजनमा अघि दुई साता मात्रै विश्राम गर्ने योजना अघि सारेको छ । एसोसिएसनले प्रिमियर लिगका २० बटा शीर्ष क्लबहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरी जुन र अगस्टमा यस सिजन अन्त्य गर्ने र अगस्टमै नयाँ सिजनको सुरुवात गर्ने योजना अघि सारेको छ । तर क्लबका मेडिकल अधिकारीले भने दुई साताको विश्रामले खेलाडीको चोटको सम्भावना प्रति चिन्ता व्यक्त गरेका छन् ।

यसअघि सिजनको बीचमा पाँच साता ब्रेक हुन्थ्यो । प्रिमियर लिगमा अझै नौ चरणको खेल बाँकी छ । २९ खेल सकिँदा शीर्षस्थानमा रहेको लिभरपुलको ८२ अंक छ । लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अगाडी छ । साविक विजेता सिटीको २८ खेलबाट ५७ अंक छ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५३ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);