कोरोना भाइरसले पाकिस्तानी क्रिकेटर जाफरको निधन | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

कोरोना भाइरसले पाकिस्तानी क्रिकेटर जाफरको निधन

zafir

काठमाडौं, २ वैशाख । पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ ।

कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो । उनलाई तीन दिनदेखि आइसीयुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् ।

बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५ वटा लिस्ट ए खेल्दै ६ सय १६ रन बनाएका थिए ।

कोरोनाका भाईरसका कारण पाकिस्तनमा ९६ जनाको मृत्यु भइसकेको छ । पाँच हजारभन्दा बढी मानिस संक्रमित छन् । आजमात्रै ३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । १ हजार ३७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ३६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);