नेपाल क्रिकेट संघ क्यानद्वारा नयाँ आर्थिक कार्यविधि पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल क्रिकेट संघ क्यानद्वारा नयाँ आर्थिक कार्यविधि पारित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधि पारित परेको छ ।

मंगलबार बसेको क्यानको बोर्ड बैठकले सन् २००१ मा बनाएको आर्थिक नियमावलीलाई परिमार्जन गरेर २०७७ मा आधारीत भएर नयाँ कार्यविधी तयार पारेको हो । नयाँ कार्यविधि पारित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी–ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने भएका छन् ।

त्यस्तै महिला टोलीका खेलाडीले भने एकदिवसीयमा ५ हजार र टी–ट्वान्टीमा ३ हजार पाउने उल्लेख गरिएको छ । क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने निर्णय गरेको छ ।

अब क्यानको बन्द प्रशिक्षणमा परेका खेलाडीले समेत प्रति दिन पाँच सयको दरले भत्तासमेत पाउने छन् । हाल विभिन्न शिर्षकमा खेलाडीका लागि छुट्टाएको भत्ता सुरुवात मात्र भएकाले पछि बिस्तारै बढदै जाने क्यानको नयाँ कार्यविधिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);