क्रिसमस मनाउँदा अनिवार्य मास्क लगाउन डब्लुएचओको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्रिसमस मनाउँदा अनिवार्य मास्क लगाउन डब्लुएचओको आह्वान

एजेन्सी, २ पुष । विश्व स्वास्थ्य संगठन डब्लुएचओले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । युरोपमा क्रिसमस मनाउनेको संख्या धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो ।

संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष सन् २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउनसमेत आग्रह गरिएको छ । विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भएपनि यस वर्षको क्रिसमस भने मास्क लगाएर मनाउन संगठनले विशेष जोड गरेको छ ।

क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएकोतर्फ चिन्ता व्यक्त गरिएको छ । हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ ।

सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै बासस्थानमा क्रिसमस मनाउन र बाहिर जानै परेमा मास्कको पूर्ण प्रयोग गर्न संगठनले पटकपटक अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);