२४ घण्टामा थप ५ सय १७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा थप ५ सय १७ जनामा कोरोना संक्रमण

काठमाडौं, ३१ चैत । पछिल्लो २४ घण्टामा देशभर ५ सय १७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ५ हजार २ सय ३ पीसीआर परीक्षणमध्ये ५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ५८ रहेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);