२४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

२४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ९ सय जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ६ हजार १ सय ५८ पीसीआर परीक्षणमध्ये ९ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या २ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ७० रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);