सरकारले घोषणा गर्‍यो कोरोना प्रभावित १४ जिल्ला, भिडभाड नगर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

सरकारले घोषणा गर्‍यो कोरोना प्रभावित १४ जिल्ला, भिडभाड नगर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायतका १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै यी जिल्लाहरुमा विद्यालय, सार्वजनिक पूजा आजा, जात्राहरु, क्लब तथा रेष्टुरेन्ट, सम्मेलन बैठक तथा भेलाहरु, सपिङ मल आदिमा भिडभाड हुने गरी सहभागी नहुन आग्रह गरेको छ ।

मन्त्रालयले संक्रमण जोखिमबाट बच्न “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने बुझेर आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ । मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

यसका साथै मन्त्रालयले सबै होटलमा बसोबास गर्ने पाहुना र विदेशी नागरिकहरुको सूची तयार गर्न पनि आग्रह गरेको छ भने नियमित रुपमा अस्पतालमा आइरहेका सेवाग्राहीलाई कोरोना संक्रमण पुष्टि भएमा मात्रै अन्य अस्पतालमा पठाउन भनिएको छ ।

मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोना संक्रमितलाई व्यवस्थापन गर्न तोकिए अुनसार निःशुल्क सेवा प्रवाह गर्नको लागि आग्रह गर्दै नीजि प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क अनुसार उपचार गर्न भनिएको छ ।

अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

Leave a Reply

ताजा समाचार