सरकारद्धारा भिडभाड हुने कार्यक्रम नगर्न आग्रह, मस्दिजहरुमा नमाज पढ्न स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारद्धारा भिडभाड हुने कार्यक्रम नगर्न आग्रह, मस्दिजहरुमा नमाज पढ्न स्थगित

masgit

काठमाडौं, ७ चैत । सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ ।

विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा शुक्रबार नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । नेपाली जामे मस्जिद सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आफु पनि बाँचौ, अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ ।

मस्जिदले आ—आफ्नो ठाउँबाट नमाज पढ्नपनि अनुरोध गरेको छ । संक्रमणको जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);