२४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २७ चैत । पछिल्लो २४ घण्टामा देशभर २ सय ८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ४ हजार ७१ पीसीआर परीक्षणमध्ये २ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या शून्य रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ३८ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);