युनाइटेडसँग ब्राइटोन २–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

युनाइटेडसँग ब्राइटोन २–१ गोल अन्तरले पराजित

एजेन्सी, २३ चैत । ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २–१ गोल अन्तरले जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा डेन्नी वेलबेकले गोल गर्दा पहिलो हाफमा ब्राइटोन एक गोलले अघि रहेको थियो भने दोस्रो हाफमा घरेलु टोलीका मार्कस रासफोर्डले खेल बराबरीमा ल्याए ।

उनले खेलको ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यस्तै म्यासन ग्रिनउडले ८३ औं मिनेटमा गोल थपे । पउल पोग्बाको पासमा उनले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो । जितसँगै युनाइटेड अंक तालिकाको दोस्रो स्थानमा कायम छ ।

युनाइटेडले ३० खेलबाट ६० अंक जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी युनाइटेड भन्दा १४ अंकले अगाडि छ । ३१ खेल खेलेको सिटीको ७४ अंक छ । त्यस्तै पराजयसँगै ३० खेल खेलेको ब्राइटोन ३२ अंकसहित १६ औं स्थानमा छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);