महिला विश्वकप फुटबल : इंग्ल्यान्ड र इटाली अन्तिम १६ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

महिला विश्वकप फुटबल : इंग्ल्यान्ड र इटाली अन्तिम १६ मा

england womens world cup

एजेन्सी, ३२ जेठ ।  इंग्ल्यान्ड र इटाली महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । फ्रान्समा जारी महिला विश्वकपमा समूह चरणअन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउट चरणमा स्थान बनाएका हुन् ।

समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले अर्जे्न्टिनालाई १–० ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा इंग्ल्याण्डका लागि ६१ औँ मिनेटमा जोडी टाइलरले गोल गरिन् । समूह ‘डी’ अन्तर्गत नै भएको खेलमा जापानले स्कटल्याण्डलाई २–१ ले हरायो । चार अंकसहित जापान समूहको दोस्रो स्थानमा छ । यस्तै समूह ‘सी’ बाट इटालीले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

गएराति नै भएको खेलमा उसले जमैकालाई ५–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।उसका लागि क्रिस्टिएना गिरेलीले ह्याट्रिक गरिन् । यस्तै एउरोरा गालीले दुई गोल गरेर टिमलाई ५–० को जित दिलाएकी हुन् ।

italy women's worldcup

लगातार दुई जित निकालेको इटालीको ६ अंक भएको छ । तीन अंकसहित ब्राजिल दोस्रो स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);