फिफाको वरियतामा नेपाल ४ स्थान तल झर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

फिफाको वरियतामा नेपाल ४ स्थान तल झर्‍याे

१ सय ६१ औं स्थानमा रहेको नेपाल नयाँ बरियतामा १ सय ६५ औ स्थानमा

काठमाडौं, ३१ जेठ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो ।नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ ।

यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । त्यसैगरी छैटौ स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);