इंग्ल्यान्डसँग चेक रिपब्लिक १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्ल्यान्डसँग चेक रिपब्लिक १–० गोल अन्तरले पराजित

एजेन्सी । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति वेम्बली स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । यस जितसँगै समूह डी को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ ।

शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जाडेको छ । समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । यता चेक रिपब्लिक पनि ३ खेलमा ४ अंक जोडेर समूहको तेस्रो स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै गएराति नै भएको अर्को खेलमा क्रोएसियाले जित निकालेको छ ।

स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक÷एक गोल गरे भने स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);