साविक विजेता एपीएफ क्लबको लगातार पाँचौ जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साविक विजेता एपीएफ क्लबको लगातार पाँचौ जित

काठमाडौँ, १७ माघ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा शनिबार स्याङ्जाको वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार पाँचौ जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);