आरबीबी महिला भलिबल : साविक विजेता एपीएफ सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आरबीबी महिला भलिबल : साविक विजेता एपीएफ सेमिफाइनलमा

काठमाडौं, ७ माघ । राजधानीमा जारी पाँचौ आरबीबी महिला क्लब च्याम्पियनसिप अन्तर्गत साविक विजेता एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल आर्मी क्लबलाई ३—१ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान पक्का गरेको हो । जितसँगै समूह ‘ए’ को एपीएफले समूह चरणमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्दा उपविजेता बनेको आर्मीले ६ अंक जोड्न सफल भयो ।

यस्तै महिला तर्फको अर्को खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कभर्डहलमा सम्पन्न दिनको चौथो खेलमा डायमन्डले ढोरपाटनलाई २५–३, २५–१६ र २५–१२ ले हराएको हो ।

यस सँगै न्यु डायमन्ड समूह ‘बी’ को विजेता बन्दा लगातार दोस्रो खेलमा पनि पराजय भोगेको ढोरपाटनको यात्रा समाप्त हुँदा पुलिस उपविजेता बनेको छ । अब समूह ‘बी’ को विजेता न्यु डायमन्डले समूह ‘ए’ को उपविजेता विभागीय टोलीसँग आर्मीको सामना गर्दा समूह ‘बी’ को उपविजेता पुलिससँग समूह ‘ए’ को विजेता एपिएफले अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);