सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । 

बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो । 

यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा लिइएको छ । लिग आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । 

नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलेभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन्  ।

यस्तै, गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीलगायतका खेलाडी पनि टिममा रहेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);