राष्ट्रिय टिममा बसिरको डेब्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय टिममा बसिरको डेब्यु 

काठमाडौं । युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् ।

१८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन् । घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बसिरले गत वैशाखमा जिम्बाव्वे ‘ए’ सँगको खेलमा टी २० खेल र एकदिवसीय खेलमा नेपालबाट खेलिसकेका छन् । यद्यपि, सो खेल अनौपचारिक थियो ।

बसिरले नेपालको यु १९ टिमबाट समेत खेलिसकेका छन् । यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए । जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए ।

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ । यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन् । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिता अघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

नामिबियाव्विरुद्ध नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);