नेदरल्याण्ड्ससंग पोल्याण्ड १–० गोल अन्तरले पराजीत | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

नेदरल्याण्ड्ससंग पोल्याण्ड १–० गोल अन्तरले पराजीत

एजेन्सी, २० भदौ । युइएफए नेशन्स लिग फुटबलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई हराउदा इट्ली बोस्निया हर्जगोविनासँग एक एक गोलको बराबरीमा रोकिएको छ । लिग ए अन्तर्गत भएको खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । नेदरल्याण्ड्सको े जितमा बेर्गविज्नले गरेको एकमात्र गोल निर्णायक बन्यो । यस्तै अर्को खेलमा इट्लीले बोस्नियाँ हर्जगोभिनासँग बराबरीमा चित्त बुझायो ।

घरेलु मैदानमा भएको खेलमा इट्ली बोस्नियासँग एक एक गोलको बराबरी रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा बोस्नियाले इडेन जेकोको गोलमा अग्रता बनाएको थियो । इटालीका सेन्सीले गोल गरेपछि खेल बराबरीमा रहेको हो ।

यस्तै अन्य खेलमा रोमानियाले नर्दन आयरल्याण्डसँग एक एक गोलको बराबरी खेल्यो भने स्कटल्याण्डले इजरायलसँग पनि एक एक गोलको बराबरीमा रोकियो। कजाकस्तानले लिथुवानियालाई दुई शुन्यले हराउँदा अल्बानियाले बेलारुसलाई दुई शुन्यले पराजित गर्यो यस्तै अष्ट्रियाले नर्वेलाई दुई एकले पराजित गर्दा चेक गणतन्त्रले स्लोभाकियालाई तीन एकले हरायो ।

Leave a Reply

ताजा समाचार