यूएस ओपनको फाइनलमा डोमिनिक र एलेक्जेन्डर भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यूएस ओपनको फाइनलमा डोमिनिक र एलेक्जेन्डर भिड्ने

एजेन्सी, २७ भदौ । जर्मनीका अलेक्जेन्डर भेरभ र अष्ट्रियाका डोमिनिक थिएम यूएस ओपन टेनिस २०२० पुरुष एकलको फाइनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा शनिबार भएको सेमिफाइनलमा स्पेनका पाब्लो क्यारेनो बुस्टालाई ३ –६, २–६, ६–३, ६–४ र ६–३ को संघर्ष पुर्ण ५ सेटमा हराउदै भेरभ फाइनलमा पुगेका हुन् ।

यसैगरी थिएम रुसका डयानीयल मेडभेडेभलाई ६–२, ७–६ र ७–६को सेटमा हराउदै फाइनलमा पुगेका हुन् । फाइनल खेल आइतबार हुनेछ ।

यूएस ओपन टेनिस २०२० को महिलातर्फ जापानकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजरेन्का फाइनलमा पुगिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);