जिबुलाई ६–३ ले पराजित गर्दै राजवीर फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जिबुलाई ६–३ ले पराजित गर्दै राजवीर फाइनलमा

काठमाडौं । नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।

फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसंग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६–४ र ६–१ ले हराउदै फाइनल यात्रा तय गरेका हुन् । सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६–३ र ६–० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७–५, १–६ ९१५–१३० तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६–३ र ६–० ले पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे ।

गर्ल्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६–३ र ६–१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७–६ ९७०, ३–६ ९१०–८० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । डबल्स फाइनल शुक्रबार हुनेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);