टी –२० वरियतामा पारसको स्थान यथावत, सोमपाल र बसन्त एक स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

टी –२० वरियतामा पारसको स्थान यथावत, सोमपाल र बसन्त एक स्थान तल

paras-sompal-basanta

काठमाडौं, ९ असोज । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले जारी गरेको नयाँ टी –२० वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का यस अघिकै स्थानमा यथावत रहेका छन् । वरीयतामा पारस खड्कासँगै बसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन्।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा यथावत रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डे, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् । सोमपाल न्युजिल्यान्डका टिम साउथे, पाकिस्तानका हसन अली, वेष्ट इण्डिजका सुनील नारिने भन्दा अघि रहेका छन् ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६६ औं स्थानमा रहेका छन् । ४ सय १७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी, मनिस पाण्डे, सुरेश रैना र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ३सय ९१ रेटिङ अंक पाएका सोमपाल एक स्थान झर्दै ७८ औं स्थानमा पुगेका छन ।यस्तै ४ सय ११ रेटिङ अंक पाएका बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);