एजेन्सी, २७ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्यामले विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले हडर्सफिल्डलाइ ३–० ले पराजित गरेको हो ।
चेल्सीलाई जिताउन जर्जिन्हो, पेद्रो र काण्टेले गोल गरे । केही दिन अघिमात्र विश्वकै सबैभन्दा महंगो गोलकिपरका रुपमा अनुबन्ध भएका केपा अरिजाबालागाले चेल्सीबाट पहिलो खेल खेलेका थिए ।
यस्तै अर्को खेलमा टोटनह्यामले न्यू क्यासललाई २–१ ले पराजित गर्यो । टोटनह्यामले न्युकासललाई उसकै मैदानमा २–१ गोलले हराएको हो । खेलको आठौं मिनेटमा जान भर्टोनघेनले सुरुआती गोल गरेका थिए ।
टोटनह्यामले गोल गरेको तीन मिनेट नवित्दै न्युकासलले गोल फर्कायो । उसका लागि जोसेलुले गोल गरेका थिए । १८औं मिनेटमा डेले अलीले गरेको गोल नै टोटनह्यामलाई विजयी हुन पर्याप्त भयो ।

यस्तै बर्नमाउथले कार्डिफ सिटीलाई, क्रिष्टल प्यालेसले फुलह्यामलाई तथा वार्डफोर्डले ब्राइटलनलाई समान २ शून्यले हराएका छन् । आज राती म्यान्चेष्टर सिटी र आर्सनल, लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र बर्नली खेल्नेछन् ।




