एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सको लगातार दोस्रो जित, ललितपुर प्याट्रिएट्स ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ६ पुष । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित निकालेको छ ।

किर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुरले दिएको १ सय ४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जितमा छैटौं विकेटका रुपमा गएका रोहितकुमार पौडेलले आक्रमक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाए । रन आउट भएका पौडेलले पाँच चौका र १ छक्का प्रहार गरे । त्यस्तै भारतीय खेलाडी पुनित विष्टले अर्धशतकीय पारी खेले । बिष्ट ५० रन जोडेर आउट भए ।

 

त्यसबाहेक भैरहवाका आरिफ शेखले अविजित २७ रन जोड्दा कप्तान शरद भेषवाकरले १३ रन बनाए । ललितपुरका योगेश नगरले २ तथा सन्दिप लामिछाने र सुबोध भाटीले समान एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नगरले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४२ तथा जयकिशन कोल्सावालाले १४ रन बनाए । भैरहवाका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले समान २÷२ विकेट लिए । जितसँगै भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);