भैरहवालाई १४ रनले पराजित गर्दै ललितपुर बन्याे इपीएल च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भैरहवालाई १४ रनले पराजित गर्दै ललितपुर बन्याे इपीएल च्याम्पियन

काठमाडौं, ७ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको उपाधि ललितपुरले जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिवार भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकिय पारि खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुराउन मद्दत गरेका थिए ।

कोल्सावालाले ४७ बलमा अर्धशतक बनाउँदा २ चौका र ३ छक्का प्रहार गरेका थिए । एक इनबाट लगातार विकेट गुमे पनि अर्को इनमा कोल्सावालाले ललितपुरको पारि अगाडि बढाएका थिए । उनले आफ्नो पारीमा ३ छक्का र ३ चौकाको मद्दतले ५७ रन जोडेका थिए ।

ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । कोल्सावाल आउट भएपछि क्रिजमा आएका सोनु तामाङ २ रनमा आउट हुँदा टिमको स्कोर ८ विकेटको नोक्सानीमा १५२ रन पुगेको थियो ।

योगेन्द्रसिंह कार्की र रासिद खानले नवौं विकेटका २ रन थप गर्दा खान खातानै नखोली आउट भएका थिए । योगेन्द्र कार्की व्यक्तिगत ३ रनमा आउट भएपछि ललितपुरको पारि समाप्त भएको थियो ।

राम्रो सुरुआत गरेको ललितपुरले अन्तिममा १० रन जोड्दा ५ विकेट खेर फालेको थियो । भैरहवाका लागि कृष्ण कार्कीले ३ मोहम्मद नाभिद् र रेनटेन डोट्स्चेले २ विकेट लिँदा शरद भेषावकर र भुवन कार्कीले एक एक विकेट लिएका थिए । जवाफमा १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले १ सय ४१ रनमात्र बनाउन सक्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);