फ्रेन्ड्स क्लबद्वारा हिमालयन शेर्पा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्रेन्ड्स क्लबद्वारा हिमालयन शेर्पा पराजित

काठमाडौं, ६ पुस । फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । फ्रेन्ड्सले १० खेलाडीमा सिमित हिमालयन शेर्पालाई २–१ गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन संजोक महर्जन र जीवन गुरुङले एक एक गोल गरे । हिमालयन शेर्पाका गोहा प्याट्रिकले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको २७ औं मिनेटमा प्याट्रिकले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा संजोक महर्जनले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा हिमालयन शेर्पा १० खेलाडीमा समेटियो । हिमालयन शेर्पाका आशिष गुरुङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ८८ औं मिनेटमा जीवनले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को महत्वपूर्ण जित दिलाए । खेलमा फ्रेन्ड्सका संजोक महर्जन म्यान अफ दि म्याच चुनिए ।

जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);