ए डिभिजन लिग : मच्छिन्द्रद्वारा सरस्वती क्लव ४-२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिग : मच्छिन्द्रद्वारा सरस्वती क्लव ४-२ ले पराजित

काठमाडौं, ६ पुस । मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । शुक्रवार एन्फा मैदानमा भएको खेलमा मछिन्द्रले सरस्वती युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो जितपछि १० खेलबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औँ स्थानमा उक्लेको छ । सरस्वती भने सिजनको छैटौँ हारपछि दश खेलबाट १० अंकसहित नवौँ स्थानमा छ । खेलको चौथो मिनेटमै आत्मघाती गोलसँगै पछि परेको मछिन्द्रले पुनरागमन गर्दै चार गोल गरेको हो ।

सञ्जय राजवाहकले आत्मघाती गोल गरेपछि सरस्वती पहिले अग्रता बनायो। तर १६औँ मिनेटमा मच्छिन्द्रका कप्तान विशाल राईले गोल गर्दै खेल बराबरी गरे । त्यसको चार मिनेटपछि भासडिया डायमण्डेले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए।

२५औँ मिनेटमा अनिल गुरुङले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को अग्रता दिलाए । ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओन्एमाले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरे। पहिलो हाफमा ३–२ गोलले अघि रहेको मच्छिन्द्रका लागि इन्जुरी टाइममा विशाल राईले गोल गरेपछि सिजनको पहिलो जित हात पारेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);