टी–२० क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज ३६ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टी–२० क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज ३६ रनले पराजित

bangladesh-vs-west-indies

एजेन्सी, ६ पुस । बंगलादेशको राजधानी ढाकामा भएको वेष्ट इण्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट खेलमा बंगलादेश विजयी भएको छ । विहीबार राती ढाकामा भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ३६ रनले पराजित गर्दै तीन खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको हो ।

२१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इण्डिजले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १७५ मात्रै बनाउन सक्यो । वेष्ट इण्डिजका लागि रोभम्यान पावेलले ५०, साई होपले ३६ र केमो पावेलले २९ रन बनाए । तर आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङतर्फ बंगलादेशका कप्तान सकिब अल हसनले एकै खेलमा पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चिएर पाँच विकेट लिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);