वेष्ट इण्डिजविरुद्धको टी-२० क्रिकेटमा श्रीलंका पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वेष्ट इण्डिजविरुद्धको टी-२० क्रिकेटमा श्रीलंका पराजित

srilanka vs west indies

एजेन्सी, २२ फागुन । पाहुना टिम वेष्ट इण्डिजविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा श्रीलंका पराजित भएको छ । बुधबार राति भएको खेलमा श्रीलंका वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो ।

वेष्ट इण्डिजले दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७१ रनमा समेटियो । श्रीलंकाका कुशल परेराले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा वानिन्दु हसरंगाले ४४ रन बनाए । वेष्ट इण्डिजका ओशाने थोमस एक्लैले ५ विकेट लिए । रोभम्यान पावेलले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो । वेष्ट इण्डिजका लेन्ड्ल सिमोन्सले अविजित रहदै ६७ रन बनाए । यस्तै आन्द्रे रसेलले ३५, केइरन पोलार्डले ३४ तथा ब्राण्डन किङले ३३ रन बनाए ।

श्रीलंकाका लाथिस मालिंगा, इसुरु उडाना, लक्क्षन सान्डकान र वानिन्दु हसरंगाले एक एक विकेट लिए । जितसँगै वेष्ट इण्डिजले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);