विश्वकप क्रिकेट: वेष्ट इण्डिजलाई हराएपछि श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप क्रिकेट: वेष्ट इण्डिजलाई हराएपछि श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना

sri-lanka vs west indies

काठमाडौं, १७ असार । श्रीलंकाले एकदिवशीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ ।

सेमिफाइनलमा पुग्ने झिनो गणीतिय सम्भावना कायमै राख्दै श्रीलंकाले एबदिवशीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यस अघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३१५ रनमात्र बनाउन सक्यो । सन् २०१७ को डिसेम्बरपछि पहिलोपल्ट बलिङ गरेका श्रीलंकाका पूर्व कप्तान एन्जेलो मेथ्युजले ४८ औं ओभरमा आफ्नो स्पेलको पहिलो बलमै पुरनलाई ११८ रनमा आउट गरेपछि वेष्ट इण्डिजको सम्भावना सकियो । पुरनले १०३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);