इपीएल : उपाधिका लागि शनिवार भैरहवा र ललितपुर भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इपीएल : उपाधिका लागि शनिवार भैरहवा र ललितपुर भिड्ने

epl-768x366

बिहीवारको खेलमा भैरहवाद्वारा काठमाडाैं किंग्स पराजित

काठमाडौं, ५ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएटस भिड्ने भएका छन् । बिहीबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा ललितपुरसँगको भेट निश्चित गरेको हो ।

काठमाडौंले दिएको १०१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा रायन टेन डोस्च्याटले ४५ रन बनाए । त्यस्तै, रविइन्दर सिंहले ३१ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाएको थियो । काठमाडौं पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रिएटससँग एक विकेटले पराजित हँुदै दोस्रो क्वालिफायरमा पुगेको थियो ।

इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो । उपाधिका लागि शनिबार ललितपुरले भैरहवासँग खेल्ने भएको हो । प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफि प्राप्त गर्ने छ ।

त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्लेयर अफ द सिरिज हुने खेलाडीले टीभीएस आपाची मोटरसाइकल पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);