राखेप च्याम्पियनसिप | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राखेप च्याम्पियनसिप

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राखेप च्याम्पियनसिपको राष्ट्रपति विधादेवी भण्डारीले उदघाटन गर्नुभएको छ ।

पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा २९ खेल समावेश छन् । जसमा भलिबल प्रतियोगिता पोखरामा हुनेछ। अन्य खेलमा जस्तै भलिबलमा पनि पाँच विकास क्षेत्र र तीन विभागिए गरी आठ टोलीको सहभागिता रहनेछ । २९ खेलमध्ये मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन यसअघि नै भइसकेका छन् । त्यस्तै प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरिसकेको बताइएको छ । यसै च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ । च्याम्पियनसिप राष्ट्रिय संघले तोकेको मिति र स्थानमा २०७४ साल पुस ९ गते आइतबारबाट सुरु गरी २०७४ माघ ९ गतेसम्म सक्नुपर्ने छ । च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको

राष्ट्रपति

च्याम्पियनसिपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्याण्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ बास्केटबल, जुडो, टेबल टेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लन टेनिस ट्रायथलन, फुटबल कराँते, ब्याडमिन्टन र सफ्ट टेनिसका खेलहरु हुनेछन् । च्याम्पियनसिपमा १७ सय ९१ महिला र २२ सय ४९ पुरुष खेलाडी गरी कुल ४ हजार ८२ खेलाडीले ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कास्य गरी कुल २१ सय २७ पदकका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);